अछाममा दुई किशोरीको हत्यामा संलग्न आरोपितलाइ सुधार गृह पठायो

अछाममा दुई किशोरीको हत्यामा संलग्न आरोपितलाइ सुधार गृह पठायो

धनगढी। अछाममा दुई किशोरीको हत्यामा संलग्न दुई किशोरलाई सुधार गृह पठाएको छ। जिल्लाको ढकारी गाउँपालिका-८ पल्साताकी १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या अभियोगमा पक्राउ परेका किशोरहरूलाई बाल सुधार गृह ,डोटी पठाइएको हो ।प्रहरीले जङ्गलमा २ किशोरीको ढुङ्गाले प्रहार गरेर हत्या गरेको सम्पूर्ण अनुसन्धान सकेर प्रतिवेदन अदालतमा बुझाएको थियो।

अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले भने, ‘हामीले अदालतमा पेस गरेका थियौ। अदालतले बाल सुधार गृह, डोटी पठाएको हो। अदालतले फैसला गरेको छैन।’जिल्ला प्रहरी कार्यालयका निरीक्षक टेकबहादुर देउवाका अनुसार हत्यामा संलग्न दुवै किशोर १८ वर्षमुनिका भएकाले उनीहरूलाई सुधार गृहमा राखिएको हो ।

‘प्रहरी कार्यालयले सबै अनुसन्धान गरेर यो केसलाई अदालतमा बुझाइसकेको छ । अदालतले भने फैसला गरेको छैन । अहिले साक्षीहरूलाई बोलाउने, बकपत्र गराउने प्रक्रिया चलिरहेको छ,’ निरीक्षक देउवाले भने, ‘नेपालको कानुनअनुसार १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई कारागार पठाउन मिल्दैन । उमेर पुगेपछि मात्रै कानुनी प्रक्रियाअनुसार कारागार चलान गरिन्छ ।  प्रहरीले सरस्वतीले यौन प्रस्ताव अस्वीकार गर्नु र इशराले घटना लुकाउन अस्वीकार गर्नुले उनीहरूको हत्या भएको निष्कर्ष निकालेको छ।