धनगढी । सुदूरपश्चिम प्रदेशमा किशोरी तथा युवतीहरुका लागि सुरक्षित एवम् सहयोगी वातावरण (सेफ गर्ल) परियोजना सुभारम्भ भएको छ ।
कोइकाको आर्थिक तथा युएनएफपीएको प्राबिधिक सहयोगमा र गुड नेवर्स ईन्टरनेशनल नेपालको सहकार्यमा सेफ गर्ल परियोजना सुभारम्भ भएको हो।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले यस्ता परियोजनाहरू सबै जिल्लामा लागु हुनुपर्नेमा जोड दिए । उनले यस परियोजनाले सुदूरपश्चिममा नयाँ ऊर्जा थपिएको बताएका छन् ।
यस परियोजनाले किशोरी तथा युवतीहरुका लागि क्षमता अभिबृद्धिसंगै शिक्षामा महत्त्वपूर्ण योगदान पु¥याउने उनको भनाई छ । सुभारम्भ कार्यक्रममा मन्त्री खड्काले भने -“यस परियोजनाको सुभारम्भ संगै, स्थानियतहको अपनत्वका साथै यस परियोजनाको सफलताका लागि आवश्यक बजेट बिनियोजनका लागि म आव्हान गर्दछु । किशोरीको आवश्यकता र स्थानिय परिवेशको आधारमा एकिकृत योजनाको आवश्याकता रहेको छ।”
अहिले सुदूरपश्चिमको दुई जिल्ला बाजुरा र अछामका ५ स्थानीय तहमा पनि लागु भए पनि बिस्तारै सबै जिल्लामा लागुहुनुपर्नेमा उनले जोड दिए । उनले यस प्रकारका कार्यक्रममा आफू सहकार्य गर्न सदैव तयार रहेको बताए ।
“यस परियोजनायुएनएफपिएको अर्को एक पहलमात्र हैन, सरकार, बिकास साझेदार तथा समुदायको साझा प्रतिबद्दता पनि हो,” - डा. बसिर नाजिब, युएनएफपिए नेपालकालागि उप प्रतिनिधिले थप प्रकास पारे – “कुनै पनि किशोरी आफ्नो लैङ्गिकताको आधारमा पछि नपरुन भन्नका लागि हामि सबैको भूमिका रहेको छ”।
गुड नेबर्स इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक मोहम्मद मैनुद्दीन मैनुलले परियोजनाको दीर्घकालीन दृष्टिकोण र दिगोपन प्रतिको प्रतिबद्धतामाथि प्रकाशपारे। “हामीले अल्पकालिक क्रियाकलाप सञचालनगरिरहेका छैनौ,” उनले भने “हामी दिगो सामाजिक रूपान्तरणको लागिआधार तयार गर्दैछौं – जहाँमहिला र किशोरिहरुलाई सम्मानित र राष्ट्रको विकासमा पूर्ण रूपमा सहभागी हुनका निम्ति सशक्त बनाइन्छ।”
सुदुरपश्चिम लामो समयदेखि जकडिएको सामाजिक तथा सांस्कृतिक मूल्य र मान्यताका कारण बहुआयामिक गरिबीको समस्या भोगिरहेको सामाजिक बिकास मन्त्रालयका सचिव, हेमराज रेग्मीले बताए । उनले यी चुनौतिका बाबजुद सरकारले मानब बिकासका लागि बिशेष गरि महिला, किशोरी तथाअपांगता भएका ब्यक्तिका लागि लगानिमा जोड दिरहेको बताए । उनले सामाजको दिगो तथा रुपान्तरणकारि परिवर्तका लागि सुदृढ समन्वय र सहाकायमा जोड दिए ।
मानव अधिकार आयोगका प्रमुख प्रकाश दत्त भट्टले यस परियोजनाले किशोरी तथा युवतीहरुका लागि सुरक्षित एवम् सहयोगी वातावरण सृजना गर्नेमा विश्वास व्यक्त गरेका छन् । उनले कुनै पनि प्रकारका समस्याहरू भएमा आफू सदैव सहकार्य गर्ने बताए । उनले मानव अधिकार आयोगमा कुनै पनि किसिमका समस्या भएमा अथवा कुनै पनि बेला त्यहाँ आउन सबैलाई आग्रह गरेका छन् ।
बाजुराको बडीमालीका नगरपालिकाका उप प्रमुख गंगा थापाले यस्ता परियोजनाहरुले किशोरीहरुका समस्या समाधान हुने बताएकी हुन् । उनले दूर दराजमा रहेका पालिकाहरूमा अझै पनि किशोरीहरूले विभिन्न समस्या झेल्नु परिरहेको हुँदा खेरी यस्ता समस्या समाधान हुने बताइन् ।
उनले यस्ता कार्यक्रमहरु अझै बिकट पालिकाका सबै क्षेत्रलाई समेटेर ल्याउनुपर्ने बताइन् । उनले पालिकामा सहकार्य गरेर कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।
किशोरी तथा युवतीहरुका लागि सुरक्षित एवम् सहयोगी वातावरण (सेफ गर्ल) परियोजना नेपालको लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका ६ जिल्ला र २० स्थानीय तहमा लागु हुने भएको हो ।
यस परियोजनाका लागि कोइकाले ६६ लाख अमेरिकी डलरको सहयोग उपलब्ध गराउने छ । यस परियोजनाले विद्यालयभित्र र बाहिर रहेका किशोरकिशोरीसम्म बृहत यौनिकताशिक्षाको पहुँच पु¥याउन, लैंगिक हिंसा रोकथाम र प्रतिकार्यका लागि स्थानीयतहका सेवाहरूलाई बलियो बनाउन, सामाजिक सञ्जालनिर्माण गर्न र डिजिटल प्रबिधिको प्रयोग गर्दै सुरक्षित वातावरण प्रदान गर्ने छ।
अछाम र बाजुरा जिल्लाको केहि स्थानीयतहहरूमा यस परियोजनाआगामी ३ बर्ष सम्म सञ्चालनहुने छ । यस परियोजनाको उद्देश्य लैङ्गिक हिंसा तथाहानिकारक मूल्यमान्यताको मुख्य कारणहरुलाई सम्बोधन गर्न किशोरीहरूलाई ज्ञान, शिप, तथाअवसरहरू प्रदानगरि समाजमा परिवर्तनको नेतृत्व गर्ने रहेको छ ।
यस परियोजनाको मुख्य जोड लैंगिक हिंसाको रोकथाम र प्रतिकार्यको लागि सरकारी तथा सामाजिक संयन्त्रको सुदृढिकरणका साथै बृहत्तर यौनिकताशिक्षाको बिस्तार रहेको छ ।
यस परियोजनाले लैङ्गिक हिंसा, हानिकारक प्रथा/अभ्यासको उच्च व्याप्तता भएका नेपालका तीन ओटा प्रदेशका किशोरी र युवतीहरुले अनुभव गर्ने हानिकारक अभ्यास र लैङ्गिक हिंसालाई लक्षित गर्ने छ ।
ज्ञान तथा सिप प्रदर्शनका लागि आवश्यक सहयोगी सञ्जाल निर्माण गर्न यस परियोजनाले युवती तथा किशोरीका लागि सुरक्षित स्थान प्रदान गर्ने आयोजकले जनाएको छ ।
भौतिक र प्रबिधिको माध्यमबाट सेफ गर्ल परियोजनााले किशोरीहरूको आत्मविश्वास निर्माण गर्ने र उनीहरूको यौन तथाप्रजनन स्वास्थ्य र अधिकारको सम्बन्धमाआफ्नोबारेमा र भविष्यको बारेमा सूसुचित निर्णयहरू गर्ने अवसरहरू सिर्जना गर्नेछ।
कार्यक्रममा अछाम तथा बाजुराका प्रमुख तथा उप प्रमुख, जिल्लाका सचिव, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, मानव अधिकारकर्मी, कर्मचारी लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।
सामाजिक विकास मन्त्रालयका वरिष्ठ महिला विकास अधिकृत जयन्ती गिरीले कार्यक्रम सञ्चालन गरेका हुन् ।