नेकपा माओवादीको ‘मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ शुभारम्भ

नेकपा माओवादीको ‘मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ शुभारम्भ

बैतडी। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ को सुरुवात गरेका छन् । बैतडीको पाटन नगरपालिका द्वारा निर्मित स्मारकको उद्‌घाटन गरेर अध्यक्ष प्रचण्डले शुक्रबार जनजागरण अभियानको शुभारम्भ  गरेका हुन् ।

उद्‌घाटन कार्यक्रमअन्तर्गत प्रचण्डले पार्टीद्वारा आयोजित सभालाई सम्बोधन गर्ने रहेको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार जनजागरण अभियान जेठ मसान्तसम्म चल्ने छ । अभियानअन्तर्गत मध्यपहाडी लोकमार्गमा पर्ने स्थानहरूमा पार्टीको प्रत्येक प्रदेश समितिले एक-एक स्थानमा जनसभाको आयोजना गर्ने छन् । 

यस्तै प्रत्येक जिल्ला समन्वय समितिले एक-एक स्थानमा जनसंवाद कार्यक्रम आयोजना गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ । जसअनुसार शुक्रबार माओवादी केन्द्रले पाटनमा जनसभा र डोटीको दिपायलमा जनसंवाद आयोजना गर्दैछ । माओवादी केन्द्रले शनिबार अछामको मंगलसेनमा, आइतबार दैलेख सदरमुकाममा, सोमबार जाजरकोटको खलंगामा जनसंवाद कार्यक्रम गर्ने तालिका छ ।